लिङ्देनले गरे ८४ औं पटक रक्तदान
काठमाडाैं | बैशाख १, २०८०
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज रक्तदान कार्यक्रम गरेको छ।
नयाँ वर्षका अवसरमा गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका हुन्।
लिङ्देनले आज ८४ औं पटक रक्तदान पनि गरेका छन्। लिङ्देनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई नयाँ वर्षका अवसरमा शुभकामनासमेत दिएका छन्।
कार्यक्रममा राप्रपा महामन्त्री धवलशम्शेर राणा, प्रवक्ता मोहन श्रेष्ठ, सांसद बिना लामा लगायतले पनि रक्तदान गरेका थिए।
५७ जनाले आज रक्तदान गरेको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले जनाएको छ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

